+
+

सौगात र सृष्टिको ‘प्याचअप’ भएको हो ? 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १६:४२

काठमाडौं । २०७९ सालको मध्यतिर सौगात मल्ल र सृष्टि श्रेष्ठको दशक लामो प्रेम सम्बन्धमा दरार आयो । काममा फोकस हुनुपर्ने भएकाले आपसी सहमतिमै अलग भएको कुरा सौगातले त्यतिबेला बताएका थिए ।

विवाहबारे परिवारमा कुरा भइसकेको स्थितिमा प्रेमको लागि समय नभएको सौगातको भनाइ थियो । ब्रेकअपलगत्तै उनीहरु ‘द रेड सुटकेस’ प्रिमियरका लागि भेनिस फिल्म फेस्टिभलमा पुगे । त्यहाँ यी दुईजना एकसाथ रहेपनि बोलचाल नभएको चर्चा थियो । त्यसयता यी दुईले अहिले एकसाथ फिल्म ‘भाइरल गोर्खे’ गरिरहेका छन् ।

निगम श्रेष्ठले निर्देशन गरिरहेको फिल्मको सुटिङ यतिबेला लमजुङमा भइरहेको छ । फिल्ममा सौगात र सृष्टि अपोजिटमा छन् । छायांकन सेटबाट सृष्टिले ‘क्यान्डिड भिडियो’ सार्वजनिक गरेकी छन्, जहाँ सौगात र सृष्टि एकअर्कामा सहज महसुस गरिरहेको देख्न सकिन्छ ।

विगतको सम्बन्धले छायांकनमा समस्या नआएको निर्देशक श्रेष्ठले मिडिया कुराकानीमा बताएका छन् । यसअघि पनि सौगातले व्यक्तिगत सम्बन्ध नरहेपनि व्यक्तिगत सम्बन्धले निरन्तरता पाउने संकेत गरेका थिए ।

के उनले भनेजस्तै व्यावसायिक सम्बन्ध मात्र अघि बढेको हो कि ‘प्याचअप’ भएको हो ? अहिलेको यो व्यस्त सेलिब्रेटी जोडीको यो कुरालाई लिएर फ्यानको चासो पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?