+
+

श्रममन्त्री अर्यालको सम्पत्ति : १२ ठाउँमा जग्गा, १५० तोला सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १६:४८

८ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ स्थानमा रहेको जग्गा, काठमाडौंमा घर, सुन, बैंक खातामा रहेको नगद देखाएका छन् ।

अर्यालले धादिङ, काठमाडौं, लमजुङ र भक्तपुरमा रहेका जग्गा देखाएका छन् । धादिङ र काठमाडौंमा रहेका जग्गा अम्बिका केसीको नाममा रहेको अर्यालले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । लमजुङ र भक्तपुरमा रहेको जग्गा आफ्नो नाममा रहेको अर्यालले सम्पत्ति विवरण देखाएका छन् ।

१२ ठाउँमा रहेको जग्गाको मूल्य ५ करोड, २८ लाख रुपैयाँ बराबरको रहेको अर्यालले सम्पत्ति विवरणमा देखाएका छन् । निजी कमाई र व्यापारबाट सम्पत्ति जग्गा किनिएको अर्यालले उल्लेख गरेका छन् ।

अर्यालसँग सुन १५० तोला, चाँदी १०० तोला र हिरा १० तोला रहेको छ । पाँच बैंक र एक सहकारीमा अर्याल र श्रीमती अम्बिका केसीका नाममा रकम देखाएका छन् । वित्तिय संस्थामा दुुई जनाको नाममा २ करोड १८ लाख रुपैयाँ छ । उक्त सम्पत्ति व्यापारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

अर्याल र श्रीमती केसीका नाममा ६७ हजार कित्ता शेयर रहेको छ । उनीसँग एक करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार छ । अर्यालको स्वामित्वमा स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजि लिंक र एपीए ह्याण्डीक्राफ्ट रहेको छ । दुई करोड २३ लाख बराबरको उक्त सम्पत्ति निजी कमाईका आधारमा जोडेको अर्यालले सम्पत्ति विवरणमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?