
८ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
सार्वजनिक सम्पत्ति विवरणअनुसार मन्त्री साहको तलब बाहेक अधिकांश सम्पत्ति श्रीमानको नाममा भएको देखिन्छ ।
मन्त्री साहको बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा, जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको देखिन्छ ।
उनको श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा-५० कठ्ठा पुर्ख्यौली सम्पत्ति रहेको देखिन्छ । यसैगरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको देखिन्छ ।
मन्त्री साहको सुन १० तोला, चाँदी २५ तोला पुर्ख्यौली सम्पत्तिको रुपमा रहेको उल्लेख छ ।
बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार रुपैयाँ मात्रै रहेको विवरणमा उल्लेख छ । मन्त्री साहको सवारीसाधन तथा पशुपन्छी भने देखिँदैन ।
४ कठ्ठामा बनेको अढाइ तल्लाको घर अंशबन्डाबाट प्राप्त भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रतिक्रिया 4