+
+

कृषिमन्त्री साहको सम्पत्ति : जीतपुर सिमरामा ५० कठ्ठा जग्गा, १० तोला सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १७:१८

८ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालकुमारी साहको सम्पत्ति विवरणमा काठमाडौंमा कुनै सम्पत्ति नभएको देखिएको छ ।

प्रधानमन्त्री कार्यालयले आज जारी गरेको सम्पत्ति विवरणमा उनको तलब बाहेक सबै सम्पत्ति पुर्ख्‍यौली भएको देखिन्छ ।

मन्त्री साहको कलैया उपमहानगरपालिका पुर्ख्यौली जग्गा, जीतपुर सिमरा उपमहानगरपालिका-१६ मा जग्गा रहेको देखिएको छ ।

यस्तै उनको श्रीमान् अमृत शर्मा बजगाइँको जीतपुर सिमरामा नै ५० कठ्ठा पुर्ख्‍यौली सम्पत्ति देखिएको छ भने बजगाइकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको देखिन्छ ।

मन्त्री साहको सुन १० तोला, चाँदी २५ तोला पुर्खेली सम्पत्तिको रुपमा रहेको देखाइएको छ ।

बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार मात्रै रहेको विवरणमा उल्लेख छ ।

मन्त्री साहको सवारी साधन तथा पशुपन्छी भने देखिँदैन । ४ कठ्ठामा भनेको अढाई तल्लाको घर अंशबण्डाबाट प्राप्त भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?