+
+

पोखराको चक्रदेवी सहकारीमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १९:३५

८ जेठ, पोखरा । पोखराको चक्रदेवी बहुउद्देश्यीय सहकारी तोडफोड भएको छ ।

पोखरा महानगरपालिका–३० मा रहेको चक्रदेवी सहकारीमा प्रवेश गरी केही व्यक्तिले तोडफोड तथा कर्मचारीलाई हातपात गरेका हुन् ।

प्रहरी स्रोतका अनुसार दुर्गा प्रसाईंको समर्थक भन्दै गएका समूहले सहकारीका कर्मचारीमाथि हातपात र तोडफोड गरेका हुन् । त्यस क्रममा कागजपत्र तितरबितर हुनुका साथै टेलिफोन तथा इन्टरनेटको तारमा समेत क्षति पुगेको प्रहरीको भनाइ छ ।

जेठ ९ गते बुधबार पोखराको अमरसिंह चौरमा हुने दुर्गा प्रसाईंको कार्यक्रमको प्रचारमा गएका व्यक्तिहरुले सहकारी तोडफोड तथा कर्मचारीलाई हातपात गरेका कर्मचारीले बताएका छन् ।

सहकारीबाट ३२ लाख रुपैयाँ लगेर ५ वर्षमा तिर्नुपर्ने ऋण पनि नतिरेका व्यक्तिसहित प्रसाईंका समर्थकले तोडफोड तथा कुटपिट गरेको सहकारीका कर्मचारीले प्रहरीलाई बताएका छन् । सहकारी तोडफोड तथा कर्मचारी माथिसमेत आक्रमण हुन थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ पर्नेमा कास्कीकै माछापुच्छ्रे गाउँपालिका–५ रिवानमा ३६ वर्षीय प्रकाश बिक, झापा भद्रपुरका ४० वर्षीय राजीव प्रसाईं, पोखरा महानगरपालिका–२७ लेखनाथका ४२ वर्षीय गणेश शाही, त्यहीँका २९ वर्षीय समिन बिक, २७ वर्षीय सञ्जीव सुनार छन् ।

यसैगरी पोखरा महानगरपालिका–२७ कै यमबहादुर चौरेली, ४९ वर्षीय कृष्णकुमारी चौरेली, रुपन्देही–११ का ४७ वर्षीय कमला चन्द र नवलपरासी बताउने बर्ष ४२ की बिष्णु बोहरा पनि पक्राउ परेका छन् । पक्राउ पर्नेहरु केही दुर्गा प्रसाईको समर्थक पनि रहेका छन् ।

सहकारी संस्थाका पदाधिकारीहरु तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गर्दै प्रहरी कार्यालयमा पुगेका छन् ।  घटनाको थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?