+
+

खानेपानीमन्त्री राईको सम्पत्ति : पुर्ख्यौली जग्गा चिया बगान, ६३ बाख्रा र ७ गाई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १८:३१

८ जेठ, काठमाडौं । खानेपानीमन्त्री राजेन्द्र राईको अधिकांश सम्पत्ति पुर्ख्यौली रहेको देखिएको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीको विवरण सार्वजनिक गर्ने निर्णय गरेअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा सम्पत्ति विवरण सार्वजनिक भएको हो ।

त्यसमा खानेपानीमन्त्री राईको धनकुटा पाख्रिबास नगरपालिकामा अंशबाट प्राप्त एउटा घर छ । यस्तै पाख्रिबास नगरपालिका–७ मा ३० रोपनी ४ आना ६ पैसामा चिया बगान र ८ नम्बर वडामा २५ रोपनी जग्गामा चिया बगान छ ।

दुवै चिया बगान प्राप्तिको स्रोत भने अंशबाट प्राप्त उल्लेख छ । खानेपानीमन्त्री राइसँग १० तोला सुन, १० तोला चाँदी र २०५१ मा पुर्ख्यौलीबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले श्रीमती मञ्जु मानवी पौडेल र बुहारी युनिता राईको एक–एक थान स्कुटर रहेको विवरण देखाएका छन् । मन्त्री राईको अंशबाट ७ वटा गाई र २०६९ देखि पालेका ६३ वटा बाख्रा सम्पत्तिका रूपमा देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?