+
+

सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया : प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १९:१४

८ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर सरकारले लज्जास्पद काम गरेको टिप्पणी गरेका छन् ।

मंगलबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयले सिरोहियालाई थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयमै पुगेर पक्राउ गरेको थियो ।

भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत प्रचण्ड नेतृत्वको सरकारले उनलाई पक्राउ गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका हुन् ।

‘माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापेबापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालिन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं ! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुँदा उनले नै ज्ञानेन्द्रपथ अनुशरण गरेको देख्दा म अत्यन्त लज्जित छु !’ उनले भने ।

अंग्रेजीको एउटा भनाइ उधृत गर्दै भट्टराईले जुनसुकै कारणले भए पनि सिरोहियालाई नाटकीय रुपमा पक्राउ गर्नु राम्रो नदेखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?