+
+

ललितपुर महानगरमा भोलि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १९:२८

८ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ ।

महानगरपालिकाको १८ वैशाखमा बसेको कार्यपालिका वैठकले मछिन्द्रनाथको रथयात्रा अन्तर्गत नरिवल खसाल्ने दिन स्थानीय बिदा दिने निर्णय गरेको हो ।

‘नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहुर्तमा नगरबासीको उल्लेख्य उपस्थिति र परम्परादेखिको धार्मिक महत्वको दिन भएकाले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय बिदा दिने निर्णय भएको हो’, महानगरपालिकाले विदाको सूचनामा भनेको छ ।

हेर्नुहोस् महानगरपालिकाको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?