+
+

खानेपानी संस्थामा कर र विद्युत् महसुल छुट गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १५:१२

८ जेठ, काठमाडौं । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी आयोजनाहरूमा कर र विद्युत महसुल छुटको माग गरेको छ । सरकारका विभिन्न निकाय पुगेर महासंघले यस्तो माग गरेको हो ।

खानेपानी संस्थालाई प्यानमा दर्ता हुन दबाब दिइरहेको भन्दै यसको प्रत्यक्ष असर उपभोक्तमा पर्ने महासंघको तर्क छ ।

खानेपानी जस्तो विषयमा विद्युत् महसुल पूर्णरूपमा छुट हुनुपर्ने महासंघको माग छ ।

‘नेपाल सरकारले खानेपानीमा प्रयोग हुने विद्युतमा सहुलियत दिई विद्युत् नियमन निकायले खानेपानी आयोजनालाई छुटको सूचीमा राखेको छ ।

तर कतिपय खानेपानी आयोजनाले छुट सुविधा पाएको भएपनि सबै खानेपानी संस्थाले छुट सुविधा पाउन सकेका छैनन् ।

अब वार्षिक बजेटमा छुट सुविधा घोषणा गरी सकेको हुँदा आगामी बजेटमा पूर्णरूपमा छुटको व्यवस्था हुनु पर्छ,’ संघको माग छ ।

संघका अध्यक्ष टोरुप प्रसाईंले पानीको गुणस्तरीय परीक्षणका लागि प्रयोगशालाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

‘कमसेकम २४ घण्टाका लागि पानी सञ्चय गर्ने रिजर्व ट्यांकीको व्यवस्थाका लागि सहुलियत  अनुदानमा बजेट विनियोजन गर्नु पर्ने उनीहरुको माग छ,’ महासंघले जारी गरेको विज्ञप्तिमा छ ।

महासंघले साना सहरी र सहरी खानेपानी आयोजनामा नगर विकास कोषबाट प्रवाह भएको ऋणको ब्याज दर घटाई ३ प्रतिशत कायम गर्नु पर्ने माग पनि गरेको छ ।

आयोजनाको आर्थिक भार कम भए नगर विकास कोषको ऋण भुक्तानीमा पनि सहज हुने महासंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?