
९ जेठ, काठमाडौं । ब्रिटिश काउन्सिलको निमन्त्रणामा वुमन अफ द वल्र्ड फेस्टिभलमा सहभागी हुन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल बुधबार बेलायत गएकी छिन् ।
उपप्रमुखसँग भ्रमण टोलीमा वडा नम्बर २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि बेलायत गएकी छन् ।
महोत्सव बेलायतको म्यानचेस्टर सहरको अभोभा स्टुडियोमा जेठ ११, १२ र १३ गते हुने उनको सचिवालयले जनाएको छ । भ्रमणको अवधि १० दिनको हुनेछ ।
हरेक वर्ष गरिने महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका महिलाहरुका बीच अन्तर्क्रिया र अनुभव आदान हुन्छ । यो कार्यक्रममा मलाला युसुफजाइ, एनी लेनोक्स, प्याट्रिक स्वीवर्ट, जुली वाल्टर्ससहित विश्व प्रख्यात महिलाले वक्ताका रुपमा सहभागी भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4