
११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी करिडोरमा अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचना भत्काएको छ ।
महानगरको ३२ नम्बर वडाको तीनकुनेदेखि च्यासल तर्फ जाने करिडोरमा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरेर निर्माण गरिएको संरचना डोजर चलाएर भत्काएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
‘हामीले सोही क्षेत्रको करिडोरमा ६–७ वटा संरचना भत्काइसकेका थियौं । एक हप्ता अगाडि माइकिङ गरेर हट्न पनि भनेका थियौं । आज ३ वटा पक्की र केही अस्थायी संरचनामा डोजर लगाएका हौं,’ अर्यालले अनलाइनखबरसँग भने ।
काठमाडौं महानगरपालिकाले अतिक्रमण गरेर निर्माण गरेको भौतिक संरचनाहरु भत्काउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4