
११ जेठ, मोरङ । प्रहरीमा जागिर लगाइदिने भन्दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका-३ बस्ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
पासवानले कटहरी-५ बस्ने सम्पतलाल झागडका छोरा राजकुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्दै ३ लाख ३० हजार नगद ठगी गरेको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4