
काठमाडौं । एक्ट्रेस तथा मोडल गरिमा शर्माले शुक्रबार ४० लाख रुपैयाँ मूल्य पर्ने विद्युतीय गाडी किनेकी छन् । शोरुमबाट आमा र भाइलाई चढाएर घरसम्म आफैंले कार ड्राइभ गरिन् ।
गरिमाले आफ्नै कमाइले चारपांग्रे सवारी किनेकी हुन् । ‘कलाकारितामा लागेर पनि कार चढ्न सकिन्छ भन्ने लागेको छ’ उनले भनिन्, ‘पैसा र वातावरण जोगिने आशा लिएको छु ।’
म्युजिक भिडियो र टीकटकबाट उदाएकी गरिमा पछिल्लो समयकी ब्यस्त कलाकार हुन् । उनको डेब्यु फिचर ‘लन्डन टु पेरिस’ जेठ २५ गते प्रदर्शन तयारीमा छ ।
पछिल्लो समय सेलिब्रेटीमाझ विद्युतीय कारको आकर्षण बढ्दो छ । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले बिजुली खपतको सन्देश दिन भन्दै ईभी कार किनेका थिए । सरोज खनाल, सागर लम्साल, संजोग कोइरालाले पनि विद्युतीय गाडी चढ्दै आएका छन् ।
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन खुद शून्यमा झार्नको लागि राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-२६)मा प्रतिबद्धता जनाइसकेको छ ।
प्रतिक्रिया 4