
१३ जेठ, काठमाडौं । यो वर्ष कुल जडित विद्युत्मा नवीकरणीय ऊर्जाको हिस्सा घटेको छ ।
आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांकअनुसार ३०६० कुल जडित विद्युत्मध्ये २०८० फागुनसम्म नवीकरणीय ऊर्जाको हिस्सा ५.९ प्रतिशत रहेको छ । २०७९ को फागुनमा यस्तो हिस्सा ६.२ प्रतिशत थियो ।
कुल ऊर्जा खपतमा स्वच्छ ऊर्जा खपतको हिस्सा ११.७ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/८० मा वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् ११०८ किलावाट रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म ३८२.५ किलोवाट थप भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७९/८० मा सौर्य तथा वायु ऊर्जा ५७८ किलोवाट विद्युत् उत्पादन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म २०५ किलोवाट उत्पादन थप भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4