+
+

८ महिनामा साढे २ अर्बको चिया निकासी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १७:३२

१३ जेठ, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष (आव) २०८०/८१ फागुनसम्म २ अर्ब ४६ करोडको चिया निर्यात गरेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा कृषिजन्य वस्तु अन्तर्गत चिया २ करोड ४ लाखको आयात हुँदा २ अर्ब ४६ करोड ३ लाखको निकासी गरेको देखिएको छ ।

नेपालले गत आव २०७९/८० मा ३ अर्ब ९३ करोड ७ लाख रुपैयाँको निकासी गरेको थियो भने १२ करोड ९ लाखको पैठारी गरेको थियो ।

अघिल्लो आव २०७८/ ७९ मा ८ करोड ४ लाखको चिया पैठारी गर्दा ३ अर्ब ४३ करोड ४ लाखको निकासी गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?