+
+

सीए पढाइ : अवसर र आम्दानीमा अब्बल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:५५

चार्टर एकाउन्टेन्ट (सीए) नेपालमा पढाइ हुने शिक्षामध्ये आकर्षक मानिन्छ । राम्रा अवसर र आम्दानी हुने भएकाले पनि सीए पढाइमा आकर्षण बढेको देखिन्छ । विगतमा सीए पढ्न विदेश नै जानुपर्ने बाध्यता थियो तर पछिल्लो पटक नेपालमै पनि सीए पढाइ हुने संस्था बढिरहेका छन् । लगानी र मिहिनेत पर्ने यो पढाइमा विद्यार्थी आकर्षण कस्तो छ ? नेपालमा सीएका सम्भावना र चुनौती विषयमा प्राइम चार्टर्ड एकेडेमीका अध्यक्ष तथा सीए नवराज बुर्लाकोटीसँग गरिएको कुराकानी :

प्राइम चार्टर्ड एकेडेमी स्थापना र अहिलसम्मको यात्राबारे बताइदिनुहोस् न !

२० वर्ष अगाडिसम्म नेपालमा सीए हुनेको संख्या कम नै थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) भर्खरै स्थापना भएको थियो । सीए पढाउने संस्था अभाव भइरहेको अवस्था थियो । त्यहीबेला प्राइम चार्टर्ड एकेडेमी सन् २००४ मा खोल्यौं । ३२ जना विद्यार्थीबाट सुरु भएको एकेडेमीले १ हजारभन्दा धेरै सीए उत्पादन गरिसकेको छ । ४८ पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था टप गरिसकेको छ । हाम्रा २ सयभन्दा बढी विद्यार्थी र्‍यांक होल्डरमा परेका छन् । अहिले ३ हजारभन्दा बढी विद्यार्थी पढिरहेका छन् ।

अन्य ठाउँभन्दा यहाँ के छ नयाँ ?

प्राइम चार्टर्ड एकेडेमीले त्रिभुवन विश्वविद्यालयसँग सम्बधन प्राप्त गरेको कलेजमार्फत औद्योगिक तालिम दिँदै छ । हामीले बीबीएम, बीसीए, एमबीबीएस, एमबीएम जस्ता कोस सञ्चालन गरेका छौं । अहिले चाहिँ हाम्रो सातौं सेमेस्टरमा विद्यार्थी पुगेका छन् । उनीहरूलाई हामी औद्योगिक तालिम दिँदैछौं । तालिम र पढाइ सकेपछि हाम्रा विद्यार्थीलाई सर्टिफिकेट मात्रै होइन, कन्फिडेन्स पनि प्राप्त हुन्छ । जागिर खोज्ने होइन, जागिर त सिर्जना गर्ने हो भनेर पढाइरहेका छौं । हामीले सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यास पनि गराउँछौं । हामी शिक्षा र उद्यमशीलताको नयाँ दिशा दिन्छौं । हाम्रो रिजल्ट आउन थालेपछि अन्य शैक्षिक संस्थाले पनि गर्छन् ।

सीएमा नेपालमा विद्यार्थी आकर्षण कस्तो छ ?

नेपालमा बसरे सीए पढ्ने लहर पहिलेको अनुपातमा घटेको छैन । बाहिर जाने लहर चलिरहँदा पनि नेपालमै केही गर्छु भनेर बस्ने विद्यार्थी संख्या घटेको त छैन । तर, एउटा कुरा चाहिँ के हो भने नेपालमा बस्ने वातावरण सिर्जना नगर्न देश र समाजको अवस्था पनि त्यस्तै छ ।

अहिले सीए पढ्नेको संख्या राम्रो छ । सीए पढाइ चाहिँ पढाइ सकिने बित्तिकै जागिर लागिहाल्ने विषय हो । सीए राम्रो भएको चाहिँ इन्टर्नसिपले गर्दा हो ।

नेपालमा लगानी गर्ने, नेपालमै बस्छु भन्ने विद्यार्थीका लागि चोकचोकमा बहस हुनुपर्नेमा घरबाट निस्किने बित्तिकै क्याम्पसको गेटमै बाहिर देशमा पढ्न भनेर लैजाने कन्सलटेन्सीहरू भेटिन्छन् । अन्य देशको भाषा, अन्य देशको पढाइका लागि विद्यार्थी लैजाने प्रतिस्पर्धाबीच नेपालमा बस्ने विद्यार्थीमा सीए पढाइ आकर्षक छ । तर, यसले देशका लागि मात्रै होइन, स्वयम् जाने व्यक्तिका लागि पनि घाटा हुन्छ । राज्य सबल हुने बेला भइरहेको छ ।

यस्तो परिवेशमा पनि सीए पढ्ने विद्यार्थी चाहिँ कति छन् ?

अहिले जति पनि विद्यार्थी छन्, तिनीहरूले नै यो देश बनाउने हो । देश बिस्तारै सबल भइरहेको अवस्था छ । अहिले हाम्रो अर्थतन्त्र सबल हुँदैछ, पाँच वर्षपछि अहिले विदेश जानेहरू नै पछुताउँछन् । देश बनाउने सोच भएका र ज्ञान लिने विद्यार्थीहरू अहिले सीए पढिरहेका छन् । पहिलेभन्दा अहिले नेपालमै राम्रो सीए पढाइ हुन थालेपछि विद्यार्थी संख्या पनि बढिरहेको छ ।

विद्यार्थीमा पढेर के हुन्छ ? विदेशै जान किन पढ्ने भन्ने मानसिकता पनि छ । यस्ता युवाले तपाईंले भनेजस्तै सीए वा कुनै ‘इन्टिलेक्चुअल’ पढाइ किन पढ्ने ?

यसमा चाहिँ यस्तो हुन्छ । म एउटा सीए, हो मैले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरेको हो । ४ कक्षामा पुगेपछि एबीसीडी पढेको हो । मैलै आईकम, बीकम पढेर त्यतिबेला सीए नेपालमा थिएन, त्यसपछि म भारत गएर कोर्स गरेँ । त्यसपछि नेपाल आएर काम गरेँं ।

सीए पढ्ने विद्यार्थीको आफ्नै नर्म्स छ, आफ्नै कोर्स हुन्छ । आफ्नै सिद्धान्त छन्, उनीहरूलाई तीन वर्षको इन्टर्नसिप गर्नैपर्छ । उनीहरूलाई अतिरिक्त तालिमको आवश्यकता पर्दैन ।

अहिले सीए पढ्नेको संख्या राम्रो छ । सीए पढाइ चाहिँ पढाइ सकिने बित्तिकै जागिर लागिहाल्ने विषय हो । सीए राम्रो भएको चाहिँ इन्टर्नसिपले गर्दा हो । अरू शिक्षामा इन्टर्नसिप छैन, यसमा छ । अरू शिक्षा सैद्धान्तिक ज्ञान मात्रै दिन्छ । यसमा जागिरको कुनै समस्या छैन । अवसर र आम्दानी धेरै हुने विषयमा आकर्षण त हुने नै भयो नि ! अन्य विषयमा जागिर खोज्दाखोज्दै हैरान हुने अवस्था छ । यस्तो बेला इन्टर्नसिप सहित पढाइ सकिने बित्तिकै जागिर पाउने भएर आकर्षक भयो ।

जागिरभन्दा पनि उद्यमशीलता भन्ने सोच चाहिँ कसरी अगाडि ल्याउनुभयो ?

हामीले औद्योगिक तालिम पहिलोचोटि सुरु गर्न लागेका हौं । विभिन्न देशका अभ्यास हेर्‍यौं, त्यहाँबाट पनि सिक्यौं । अन्य देशमा १२ कक्षा पास गरेर काम गर्दै पढ्दै गर्छन् । हाम्रोमा पनि काम त हुन्छ, तर विषयसँग सम्बन्धित हुन्छ कि हुँदैन भन्ने पनि छ । हामी चाहिँ उद्यमी कसरी बनाउन सकिन्छ आफने क्षेत्रमा भनेर सुरु गर्दै छौं ।

यहाँ सीए पढ्ने विद्यार्थीहरूको बुझाइ कस्तो छ ?

सीए पढ्ने विद्यार्थीको आफ्नै नर्म्स छ, आफ्नै कोर्स हुन्छ । आफ्नै सिद्धान्त छन्, उनीहरूलाई तीन वर्षको इन्टर्नसिप गर्नैपर्छ । उनीहरूलाई अतिरिक्त तालिमको आवश्यकता पर्दैन । जो एकेडेमिक कोर्समा हुनुहुन्छ, उनीहरूलाई जो बीबीएम, बीसीए पढ्दै हुनुहन्छ । विद्यार्थीहरूलाई औद्योगिक तालिम, व्यावहारिक ज्ञान र अवसर हामी प्रदान गर्छौं । त्यो नयाँ छ ।

एउटा सामान्य मान्छे सीए बन्न कसरी सक्छ ? चुनौती के छ ?

खासै चुनौती चाहिँ छैन । पहिलो कुरो, सही जानकारी लिनुपर्छ । नेपालको उद्यम, अर्थशास्त्र, व्यवसाय चलाउने, लेखापरीक्षण, लेखासम्बन्धी जानकारी दिने उद्देश्य लिएपछि नेपालकै अर्थसम्बन्धी कानुन, वातावरण बुझ्नुपर्छ । त्यसका लागि सबैभन्दा राम्रो कोर्स आईक्यानको हो । त्यसमा रजिस्ट्रेसन गर्ने र त्यसपछि प्राइम सीए एकेडेमीमा आउने वा अन्य संस्थामा जाने हो । त्यसपछि त्यहाँको गाइडलाइन अनुसार अगाडि बढ्ने हो । ४ वर्ष ३ महिनाको कोर्स हो, तर सकिँदा ५ वर्षको हुन्छ । सीए प्रोफेसनल लेभल पहिलो ६, दोस्रो ९ महिना र तेस्रो ३ वर्षको हुन्छ । एउटा लेभल पास गरेपछि मात्रै अर्को लेभल जान पाइन्छ ।

कतिपय भ्रम छन्, नेपालमा केही छैन भन्ने तर नेपालमा उच्च तहमा सीएको अवसर छ । नेपालमा उपल्लो तहमा काम गर्ने कि विदेशमा तल्लो स्तरमा बस्ने हो भने तत्कालका लागि विदेश राम्रो लाग्ला तर भविष्यमा त नेपालमै राम्रो हुन्छ ।

५ वर्षमा सेटल हुने सीएबाहेक अन्य कुनै कोर्स छैन । यसका लागि धैर्यवान र मिहिनेती चाहिँ हुनुपर्छ । यसमा दुइटा ‘ख’ अर्थात् खप्न सक्ने र खटिन सक्ने हुनुपर्छ । लागनीको हिसाबले साधारण विद्यार्थीले पनि सीए पढ्न सक्छन् । १२ कक्षामा औसत अंक ल्याएको विद्यार्थीले सीए पढ्न सक्छ । करिब ५ लाख रुपैयाँभित्र सीएका सबै कोर्स पूरा हुन्छ । भ्रम धेरै हुन्छ, तर अन्य कोर्सभन्दा पनि सस्तो छ ।

कतिपय भ्रम छन्, नेपालमा केही छैन भन्ने तर नेपालमा उच्च तहमा सीएको अवसर छ । नेपालमा उपल्लो तहमा काम गर्ने कि विदेशमा तल्लो स्तरमा बस्ने हो भने तत्कालका लागि विदेश राम्रो लाग्ला तर भविष्यमा त नेपालमै राम्रो हुन्छ ।

सीए पासपछिको अवसर कस्तो छ ?

सीए पास गरेपछि एउटा कन्फिडेन्स पाइसकेको हुन्छ । मिहिनेत, धैर्यता पाइसकेको व्यक्ति हुन्छ । त्यसकारण सीए भइसकेपछि त खासै सोच्नुपर्ने त्यस्तो केही छैन । अवसरहरू खोज्दै आउँछन् ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?