+
+

कार्यादेशमा छलफल गर्न ४ दलका प्रमुख नेताको बैठक ३ बजे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १२:४३

१४ जेठ, काठमाडौं। संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका प्रमुख नेताहरूको बैठक दिउँसो ३ बजे बस्ने भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको बैठकले कार्यादेश टुंगो लगाउन सकेन ।

दलहरूबीच आन्तरिक छलफल गरी पुनः बैठक बस्ने सहमति बनेको थियो । रास्वपा नेता एवं कार्यदल सदस्य शिशिर खनालले शीर्ष चार नेताको बैठक बस्ने जानकारी गराए ।

बिहानको बैठकमा सामूहिक छलफल भनिए पनि प्रधानमन्त्रीले फरक-फरक दलसँग छुट्टाछुट्टै बैठक गरेका थिए ।

चार दलको सामूहिक छलफल भने बैठकमा हुन नसकेको सहभागी एक नेताले जानकारी दिए ।

उनले भने,‘प्रधानमन्त्रीले सबै दलसँग छुट्टाछुट्टै कुरा गर्नुभयो । सामूहिक छलफल भने भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?