+
+

अष्ट्रेलिया पुगेर एलिनाले रेकर्ड गराइन् चार गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १३:४३

काठमाडौं । विवाहपछि अष्ट्रेलिया पुगेपछि गायिका एलिना चौहानमाथि प्रश्न तेर्सिए- के उनी सधैंका लागि बस्न त्यता लागेकी हुन् ? उनका श्रीमानले पनि अब गायिका पत्नीले अष्ट्रेलियामै गीत रेकर्ड गर्नेदेखि त्यहींबाट विदेशमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउने बताएका छन् ।

एलिनाका श्रीमानको उक्त अभिव्यक्ति सुन्दा पनि अब उनको अधिकांश समय अष्ट्रेलियामै बित्ने शंकामा बल मिल्छ । उनीहरुले अष्ट्रेलिया पलायन हुन लागेको भन्ने खबरको पनि खण्डन गरेका छैनन् ।

यस्तोमा अष्ट्रेलिया पुगेकी एलिनाले त्यहाँ नेपालीले चलाउँदै आएको स्टुडियोमा गीत रेकर्ड गराएकी छन् । उनले यसैसाता सिड्नीमा रहेको नेपमेलो रेकर्डिङ स्टुडियोमा चार गीत रेकर्ड गराएकी छन् ।

जसमा सुरज राउतको ‘जोबनको भारी’, सरोज पोखरेलको ‘किन होला’, लोकराज अधिकारीको ‘तीज गीत’ र भीम बिसीको ‘तिमीलाई नमन’ छ । एलिनाले सामाजिक सञ्जालबाट स्टुडियोमा गीत रेकर्ड गर्दैगर्दाको फोटो सेयर गरेकी छिन् । उनको सिउँदोमा सिन्दूर पनि देखिन्छ ।

गीत रेकर्डबाहेक एलिनाले अष्ट्रेलियामा श्रीमानको फर्निचरको व्यवसायलाई सघाउनेछिन् । यसको जानकारी उनीहरुले टिकटकमा पोस्ट गरिरहेको फर्निचरको विज्ञापनमा पनि देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?