
काठमाडौंको जडिबुटी बसेको सुकुमवासी बस्ती/फाइल तस्वीर
१४ जेठ,काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित बसोबास रहेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार बागमती, विष्णुमती, कागेश्वरी मनोहरा लगायत नदी किनारमा अव्यवस्थित बस्ती छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अव्यवस्थित बसोबास व्यवस्थित गराउने सम्बन्धमा दीर्घकालीन समाधानको विकल्प खोजी उक्त कार्यका लागि गठित समितिले २२ भदौ २०७९ पेस गरेको तथ्यांक अनुसार उक्त संख्यामा रहेको बस्ती अहिलेसम्म रहेको प्रतिवदेनमा उल्लेख छ ।
बागमती नदीको सिनामंगल, थापाथली तथा अन्य सहायक नदी आसपास लगायत स्थानमा जग्गा अतिक्रमण हुँदा करिडोर तथा तटबन्ध निर्माण कार्य अगाडि बढ्न नसकेको प्रतिवेदनले औंल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4