
१४ जेठ,काठमाडौं । आफ्नै देशका वनको काठ सदुपयोग नभई कुहिएर खेर जाँदा वर्षेनि करोडौं घाटा लाग्ने गरे पनि ठिक विपरीत अर्बौंको काठ आयात हुने गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ३३ करोड, २०७८/७९ मा ७ अर्ब ९९ करोड र २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँबराबर काठ र काठजन्य सामग्री आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिवेदनले वन क्षेत्रमा ढलापडा, सुखड खडा, हैसियत बिग्रिएका र बुढो तथा उमेर पुगेका रुख बढ्दो क्रममा रहेको उल्लेख गर्दै काठ सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौंको काठजन्य सामग्री आयात भएको उल्लेख छ ।
महालेखाले त्यस्ता ढलापडा, सुखड खडा रुखहरू व्यवस्थापन गरी काठ लगायत वन पैदावारको उचित व्यवस्थापन तथा उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।
वन नीति, २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धि सहित निर्यात प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।
प्रतिक्रिया 4