+
+

बाहिरी चक्रपथ : २२ वर्षमा १५ करोड खर्च हुँदा उपलब्धि शून्य

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १४:५८

१४ जेठ,काठमाडौं । बाहिरी चक्रपथ योजनाको २२ वर्ष पुग्दा उपलब्धि भने अध्ययन मात्रै देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार २०५८ मा अवधारणा ल्याइएकोमा २२ वर्ष हुँदा पनि सम्भाव्यता अध्ययनको काममात्र भएको उल्लेख छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत बाहिरी चक्रपथ विकास आयोजनाबाट १४ करोड ८४ लाख ५७ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

बाहिरी चक्रपथ निर्माण व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौं उपत्यकाका तीन जिल्लामा योजनाबद्ध नयाँ व्यवस्थित सहर विकास गर्न ७२ किलोमिटर बाहिरी चक्रपथ निर्माण गरी जनजीवन सहजीकरण गर्ने भन्दै २०५८ मा अवधारणा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?