+
+

‘उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह नहुँदा गरिबी निवारणमा योगदान भएन’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १४:३२

१४ जेठ, काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बैंकिङ क्षेत्रको कर्जा उत्पादनमूलक क्षेत्रमा प्रवाह नहुँदा धनी र गरिबबीचको खाडल कम गर्न कठिनाइ भएको जनाएको छ ।

महालेखाको ६१औं वार्षिक प्रतिवेदनमा उत्पादनमूलक कर्जा प्रवाह नहुँदा गरिबी निवारणमा योगदान पुर्‍याउन तथा धनी र गरिबबीच खाडल कम गर्न कठिनाइ पर्ने देखिएको उल्लेख छ ।

बैंकिङ तथ्यांक आधार लिँदा २०८० असार मसान्तमा बैंकिङ प्रणालीमा रहेको निक्षेप कुल गार्हस्थ उत्पादन (जीडीपी) को १०६.१० प्रतिशत र कर्जा प्रवाह ९०.६७ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित २०७९/८० को तथ्यांकअनुसार वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जामध्ये उत्पादनशील क्षेत्रमा १५.४३ प्रतिशत, कृषि क्षेत्रमा ८.५, घरजग्गा खरिद बिक्री, हायर पर्चेज (स्थिर सम्पत्ति, अन्य तथा उपभोग्य लगायत क्षेत्र) जस्ता अनुत्पादक क्षेत्रमा ३३.३३ प्रतिशत लगानी भएको देखिएको उल्लेख छ । यसरी उत्पादन क्षेत्रमा विस्तार नहुँदा गरिबी निवारणमा योगदान नपुगेको जनाएको हो ।

बैंक तथा वित्तीय संस्थाको सेवा विस्तार गर्ने, वित्तीय संस्थालाई आधुनिक सूचना प्रणालीयुक्त बनाउने, कर्मचारीमा पेसागत विशेषज्ञता हासिल गराइ केन्द्रीय बैंकको सुपरीवेक्षण र अनुगमन सुदृढ गर्ने, बचत वृद्धि एवं अनुत्पादनशील कर्जा नियन्त्रण गर्ने तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्दै अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन मन्त्रालयले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने महालेखाले सुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?