+
+

वीरगञ्जमा एनआईसी एसिया बैंकको आफ्नै भवन, प्रादेशिक र शाखा कार्यालय सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:४२

काठमाडौं । एनआईसी एसिया बैंकले वीरगञ्जमा नवनिर्मित आफ्नै भवनबाट मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

यसअघि बर्दिबास नगरपालिकामा भाडाको घरबाट बैंकले मधेश प्रादेशिक कार्यालय र वीरगञ्जमा शाखा कार्यालयबाट ग्राहकहरूलाई बैंकिङ सुविधा उपलब्ध गराएको थियो ।

बैंकको नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा आएसँगै ग्राहकलाई सबै किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।

नवनिर्मित भवनबाट बैंकले क्यास डिपोजिट मेसिन, कियोस्क मेसिन, क्यास रिसाइकल मेसिन जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ कारोबार गर्न बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?