+
+

पोखरी र खोलामा डुबेर २ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १७:४३

१४ जेठ, विराटनगर । मोरङको छुट्टा छुट्टै स्थानमा डुबेर दुई जनाको मृत्यु भएको छ । लेटाङको राजा–रानी पोखरी र कटहरीको सुखानी खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो ।

राजारानीमा पानी जम्मा गर्नका लागि स्थानीय उपभोक्ताले वनभित्रको जमिनमा बनाएको पोखरीमा डुबेर मोरङको केराबारी गाउँपालिका–९ का ५९ वर्षीय भक्तबहादुर लिम्बूको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

जंगली जनावरको सहजताका लागि स्थानीय उपभोक्ताले लेटाङ नगरपालिका–२ मा रहेको गारापानी सामुदायिक वनभित्र ४० फिट लम्बाइ, ३० फिट चौडाइको पोखरी बनाएका थिए । सो पोखरीमा नुहाउने क्रममा उनको आइतबार साँझ डुबेर मृत्यु भएको हो ।

यस्तै मोरङको कटहरीमा सुखानी खोलामा नाबालिकाको डबेर मृत्यु भएको प्रहरीले बताएको छ । आइतबार घरबाटै बेपत्ता भएकी कटहरी गाउँपालिका– ५ का धर्म झाँगडकी ७ वर्षीया छोरी प्रीति झागडको शव खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको हो ।

आइतबार दिउँसो ३ बजेदेखि उनी घरबाट हराइरहेकी थिइन् । दुई वटै घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?