+
+

गैंडाकोट थुम्सीमा सडक भासियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते ८:३७

१५ जेठ, चितवन । पूर्वी नवलपरासीको गैंडाकोट थुम्सीमा सडक भासिदा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैंडाकोट–९ थुम्सीको जंगलमा सडक भाँसिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले दिएको जानकारी अनुसार सडक भासिएको ठाउँमा ट्रकसमेत फसेकाले त्यसलाई निकाल्ने प्रयास गरिएको छ ।

भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको लु १ ख ८५१३ नम्बरको यात्रुवाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् ।

ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन पुगेको थियो। नारायणगढ बुटवल सडक विस्तार आयोजनाले अवरुद्ध सडक खुलाउन अझै १ घण्टा लाग्ने जनाएको छ । सोही सडकखण्डको दाउन्नेमा अबरुद्ध बनेको सडक भने सञ्चालनमा आइसकेको आयोजनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?