+
+

प्रमुख दलहरुबीच भएको सहमति कांग्रेस संसदीय दलबाट अनुमोदन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते ११:४७

१४ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समिति बनाउने सहमति अनुमोदन गरेको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरुबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अहिले केहीबेरमा बस्ने कार्यदल बैठकले शीर्ष तहमा भएको सहमति अनुसार कार्यादेशलाई अन्तिम रुप दिनेछ ।

लेखकले भने, ‘हामीले जुन सहमति गरेका छौं, यसमा कसैको नाम नाम वा पद लेखिहाल्ने भन्दा सहकारीको रकम जहाँ-जहाँ गएको छ, कानुनी गैरकानुनी रुपले गएको हेर्ने, त्यसमा संलग्न मानिस जो सुकै होस्, उसका बारेमा छलफल हुनसक्ने, छानबिन हुनसक्ने अनुसन्धान हुन सक्ने स्थिति बनाएको हुनाले कुनै व्यक्ति विशेषको नाम लेखिराख्न आवश्यक छैन भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’

साथै आजै ४ बजे बस्ने संसद बैठकले कार्यादेशसहित संसदीय समिति बनाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?