+
+

उत्कृष्ट पत्रकारिता पुरस्कार पौडेललाई

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १२:१३

१५ जेठ,बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले वितरण गर्दै आएको उत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पत्रकार लक्ष्मण पौडेलले प्राप्त गरेका छन् । पौडेल गोरखापत्र दैनिकमा कार्यरत छन् ।

बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा वितरण गरिने यो पुरस्कारको राशि एक लाख रुपैयाँको रहेको छ । यो राशि रुपन्देहीको सबैभन्दा ठूलो पत्रकारिता पुरस्कार हो ।

यस्तै बुटवलका पूर्वनगर प्रमुख एवं पूर्वप्रतिनिधि सभा सदस्य सूर्यप्रसाद प्रधानको समृतिमा स्थापित सूर्यप्रसाद स्मृति पत्रकारिता पुरस्कार भगवती पाण्डे र तेजेन्द्र केसीले प्राप्त गरेका छन् । पाण्डे लुम्बिनी टेलिभिजन र केसी दैनिकपत्र दैनिकमा कार्यरत छन् ।

यस्तै बुटवल पब्लिक स्कूलले स्थापना गरेको शिक्षा पत्रकारिता पुरस्कार कृष्ण खनाल र अम्बिका परियारले पाएका छन् ।

पुरस्कृत पत्रकारहरुलाई नगरप्रमुख खेलराज पाण्डे, बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधान, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?