+
+

गरिब मुलुकमा महामारी कोषको हिस्सा बढाउन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १२:२३

१५ जेठ, काठमाडौं । नेपालसहित गरिब मुलुकमा महामारी कोषबाट आउने रकमको हिस्सा बढाउन नेपाल लगायतका कम विकसित मुलुकले माग गरेका छन् ।

ठूला अर्थतन्त्र भएका मुलुक र विश्व स्वास्थ्य संगठनबीच मे २०२४ को अन्तिमसम्म महामारी कोष सञ्चालन गर्ने सम्बन्धमा सम्झौताको निर्णय हुने तयारी छ ।

यसमा सकेसम्म नेपालजस्ता मुलुकको हित हुने गरी पहल भइरहेको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. दीपेन्द्र रमण सिंहले जानकारी दिए ।

एड्स हेल्थ केयर फाउण्डेशन (एएचएफ)ले गरिब मुलुकमा महामारी कोषको रकम बढाउन माग गर्दै विश्वभर अभियान थालेको छ ।

सो अभियानलाई नेपाल सरकारले समेत स्वागत गरेको निमित्त सचिव सिंहले जानकारी दिए । कोभिड-१९ पछि महमारी कोषको अवधारणा अगाडि बढेको हो ।

एएचएफले सेभ आवर सोसाइटी नारासहित गरिब मुलुकमा सहायता बढाएर मानव जगतलाई बचाउन आह्वान गरेको हो ।

एएचएफका अनुसार कोभिड महामारीको समयमा गरिब मुलुकले भोगेको असमानता पुनः नदोहोरियोस् भन्ने उद्देश्यले यस्तो माग गरिएको हो । सो बेला गरिब मुलुकले ढिला मात्र खोप प्राप्त गरेका थिए ।

साथै खोप खरीदमा महँगो पर्दा गरिब मुलुकहरू थप समस्यामा परेका थिए । गरिब मुलुकहरूले सुरुमा मास्क र सामान्य उपचारका लागि समेत तड्पिनु परेको थियो ।

सो अवस्था अब नआओस् भनेर गरिब मुलुकलाई महामारी कोषको सहायता बढाउन आह्वान गरिएको एएचएफले जनाएको छ ।

महामारी कोषको आकार १० बिलियन डलर पुर्‍याउने र सोबाट हरेक वर्ष १ बिलियन डलर वितरण गर्ने तयारी छ । यसको सञ्चालन विश्व बैंकले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?