+
+

अनन्त-राधिकाको प्रि-वेडिङका लागि इटाली उडे सलमान, रणवीरसहितका स्टार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १२:२४

काठमाडौं ।  भारतीय धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्टको प्रि-वेडिङ समारोह युरोपमा तय छ । २९ मे देखि १ जुनसम्म दक्षिण फ्रान्सको समुन्द्री तटमा समारोह हुने जनाइएको छ ।

भारतीय मिडियाका अनुसार यो वैवाहिक समारोहका लागि बलिउड सेलिब्रेटी सलमान खान, आलिया भट्ट, रणवीर कपुर, रणवीर सिंह, क्रिकेटर एमएस धोनी, इन्फ्लुएसर ओरी लगायत इटाली प्रस्थान गरेका छन् ।

त्यसतर्फ लाग्नुअघि यी सेलिब्रेटी सोमबार मुम्बई विमानस्थलमा देखिए । आलिया र रणवीर छोरी राहासहित एयरपोर्टमा देखिए । सलमान चाहिं फिल्ममेकर एट्लीसहित देखिएका थिए ।

क्रिकेटर धोनी पत्नी साक्षी र छोरी जिभासहित देखिए । अनन्त र राधिकाको विलासी प्रि-वेडिङ समारोह चार दिनसम्म चल्नेछ । यो समारोह फ्रान्स र इटालीमा आयोजना हुँदैछ ।

गत मार्चमा गुजरातको जामनगरमा पहिलो प्रि-वेडिङ समारोह आयोजना गरिएको थियो, जहाँ अमेरिकी पपस्टार रिहानासहित बलिउड स्टार सहभागी थिए । अमेरिकी धनाढ्यहरु मार्क जुकरबर्ग र विल गेट्स पनि त्यहाँ थिए । जुलाईमा अनन्त र राधिकाले विवाह गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?