+
+

‘भ्वाइस किड्स’को तेस्रो सिजन ३२ जेठदेखि, कोचलाई दिइयो ‘ब्लक’को अधिकार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १२:४३

काठमाडौं । गायन रियालिटी शो ‘भ्वाइस किड्स’को तेस्रो सिजन जेठ ३२ गतेदेखि हिमालय टिभीमा प्रसारण हुने भएको छ । निर्देशक लक्ष्मण पौडेलले नयाँ सिजन यस महिनाको अन्त्यदेखि दर्शकमाझ आउन लागेको बताए ।

प्रतियोगितामा ४८ जना बालबालिकाले प्रतिस्पर्धा गर्दैछन् । ‘लाखौंबाट हजारौं र हजारौंबाट ४८ जना छनोट भएर प्रतिस्पर्धा गर्दै हुनुहुन्छ,’ निर्देशक पौडेलले अनलाइनखबरसँग भने ।

ब्लाइन्ड अडिसनसँगै शो प्रसारणको थालनी हुनेछ । यो सँगै द ब्याटल, लाइभ शो, सेमीफाइनल र फिनाले तय छन् । साउन ३२ गते हुने फिनालेमा तेस्रो सिजनले विजेता पाउनेछ ।

दुई महिना चल्ने तेस्रो सिजनमा नयाँ विशेषता थपिएको छ । ‘भ्वाइस अफ नेपाल’मा जस्तै यो सिजनदेखि भ्वाइस किड्समा पनि पहिलोपटक कोचलाई ब्लकको अधिकार प्रदान गरिएको छ ।

लाइभ शोमा २४ जनाले प्रवेश पाउनेछन् । साथै, एक जना कोचले ब्याटलमा दुई जनालाई स्टिल गर्न पाउने सुविधा पनि थपिएको छ । यो शोमा प्रमोद खरेल, मिलन नेवार, छेवाङ लामा र मेलिना राई कोचको रुपमा छन् । लामा र राई पहिलोपटक टेलिभिजन रियालिटी शोमा कोचको रुपमा देखिंदैछन् ।

प्रतियोगितामा ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले प्रतिस्पर्धा गर्न पाउनेछन् । ‘यो बच्चाको शो होइन । तर बच्चा चाहिं कन्टेन्टको रुपमा प्रयोग हुन्छन्,’ निर्देशक पौडेलले भने । यसपटक नेपालसहित भारत र अमेरिका लगायतको मुलुकका बाल प्रतियोगी पनि यो सिजनमा देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?