+
+

संशोधित अनुमानभन्दा २४ प्रतिशत ठूलो बजेट तयार

सरकारले चालु आव २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसको तुलनामा आगामी आव २०८१/८२ मा आउने बजेट २४ प्रतिशत ठूलो हुनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १२:५१

१५ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ ।

मन्त्रालयले तयार गरेको आकारका आधारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने स्रोत समितिले सोमबार साँझ बजेटको नयाँ सिलिङ निर्धारण गरेको छ ।

नयाँ बजेटका आधारमा आयोगले तयार गरेको नयाँ मध्यमकालीन खर्च संरचना र विकास कार्यक्रमलाई प्रधानमन्त्री अध्यक्षताको आयोगको पूर्ण बैठकले मंगलबार बिहान पारित गरेको छ ।

मंगलबार दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेटका अतिरिक्त यससँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने छ ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसको तुलनामा आगामी आव २०८१/८२ मा आउने बजेट २४ प्रतिशत ठूलो हुनेछ ।

तर, बजेटसँगै सरकारले चालु आवको खर्चको अन्तिम संशोधित अनुमान पेस गर्ने छ । त्यसमा खर्चको आकार अझै कम हुन सक्ने छ ।

गत वर्षको मध्यमकालीन खर्च संरचनाले साढे १९ खर्बसम्मको बजेट बनाउन सक्ने सुविधा सरकारलाई दिएको थियो ।

अर्थमन्त्रीले आजै दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?