
१५ जेठ, विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता परिवर्तन भएका छन् ।
मंगलबार बसेको प्रदेश एमाले संसदीय दलको बैठकले तिलकुमार मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि एमाले संसदीय दलको उपनेता राम राना थिए ।
उनी आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उपनेता परिवर्तन भएको एमाले सचेतक कमला दर्नालले जानकारी दिइन् ।
मंगलबारकै बैठकले सरकारको नीति तथा कार्यक्रमका लागि सुझाव दिन पाँच सदस्यीय सुझाव समिति बनाएको छ । समितिमा उपनेता मेन्याङ्बोसहित कमला दर्नाल, तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4