+
+

सुरू भयो बजेट भाषण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १५:०९

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् ।

७७ ताजा अपडेट
3 months ago, 17:00:49
बजेट वक्तव्य वाचन समाप्त

अर्थमन्त्री वर्षमान पुनले करिब २ घण्टामा बजेट बक्तव्य वाचन सकेका छन् । योसँऊै संघीय संसदको संयुक्त बैठक सकिएको छ ।

3 months ago, 16:59:08
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

यो बजेट कार्यान्वयनबाट आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान । मुद्रास्फीति ५.५ प्रतिशतमा सीमित रहने अनुमान । नयाँ चरणको आर्थिक सुधार हुने । पुँजीगत खर्चमा देखिएको समस्या समाधान हुने । यो बजेटबाट राजस्वको दायरा विस्तार हुने ।

3 months ago, 16:55:35
मदिरा, वियर, सुर्ती चुरोटको अन्त:शुल्क वृद्धि

मदिरा, वियर, सुर्ती चुरोटको अन्त:शुल्क वृद्धि । पेट्रोलियम पदार्थ र कोइला आयातमा हरित कर लगाएको छ ।

3 months ago, 16:51:17
बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड

बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड । बैदेशिक अनुदान – ५२ अर्ब ३३ करोड । वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड । आन्तरिक ऋण ३ खर्ब ३० अर्ब ।

3 months ago, 16:49:11
चालु आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड

चालु आर्थिक वर्षको बजेट १८ खर्ब ६० अर्ब ३० करोड । चालु खर्च ११ खर्ब ४० अर्ब ६० करोड (६१.३१ प्रतिशत) । पुँजीगत खर्च  ३ खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत) । वित्तीय व्यवस्थाका लागि ३ खर्ब ६७ अर्ब १८ करोड (१९.७४ प्रतिशत)

3 months ago, 16:46:26
प्रतिस्पर्धाका आधारमा आयोजना प्रमुख छनोट गरिने

आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि आन्तरिक प्रतिस्पर्धाका आधारमा आयोजना प्रमुख छनोट गर्ने । कार्यसम्पादन मूल्यांकनमा तोकिएको अंक नल्याएको अवस्थामा बाहेक आयोजना अवधिभर सरुवा नगर्ने व्यवस्था गर्ने ।

3 months ago, 16:44:20
संघीय कार्यालय गाभिने

संघीय कार्यालय औचित्य र आवश्यकताका आधारमा गाभिने र खारेज गरिने । सरकारी कार्यालयको सेवा प्रवाह जनशक्ति कार्यक्षत्र कार्यबोझका आधारमा भवनको साजसज्जाको मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

3 months ago, 16:42:28
बन्द उद्योग चलाउने घोषणा

बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौंडा कपडा उद्योग, गोरखकाली टायर लगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ ।

3 months ago, 16:41:04
सार्वजनिक संस्थानको नाममा रहेको जग्गा संरक्षण गरिने

सार्वजनिक संस्थानको नाममा रहेको जग्गा संरक्षण गरिनेछ । सार्वजनिक संस्थानलाई एकीकृत रुपमा होल्डिङ कम्पनीमार्फत सञ्चालनको व्यवस्था गरिने । सार्वजनिक संस्थानलाई पब्लिक कम्पनीका रुपमा सञ्चालन गरिने ।

3 months ago, 16:38:23
१ अर्बको अनुसन्धान र विकास कोष

अनुसन्धान र विकासमा संलग्न संस्थामा लगानी वृद्धि गर्दै लगिनेछ । वार्षिक पुँजीगत बजेटको १ प्रतिशत अनुसन्धान र विकासमा छुट्याइनेछ । १ अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिने ।

3 months ago, 16:36:24
‘बंकरदेखि ब्यारेक’ कार्यक्रममलाई १ अर्ब ५०

सरकारले ‘बंकरदेखि ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि १ अर्ब ५० बजेट छुट्याइएको छ । सेनालाई प्रविधिमत्री पनि बनाइने र राष्ट्रिय सुरक्षा नीतिमा विशेष प्राथमिकतामा राख्दै काम गरिने अर्थमन्त्रीले बताएका छन् । रक्षा मन्त्रालयको बजेट ५९ अर्ब ५० करोड ।

 

3 months ago, 16:35:01
गृहको बजेट १ खर्ब ९९ अर्ब

सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिनेछ । राष्ट्रिय सेवा दल तालिमलाई स्थानीय तहसम्म विस्तार गरिने । गृहमन्त्रालय अन्तर्गत १ खर्ब ९९ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

3 months ago, 16:34:25
मानसिक अस्पतालको क्षमता विस्तार गर्ने

आत्महत्या तथा मानसिक समस्याको न्यूनिकरणका लागि मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेट प्रस्तुत गर्दै मानसिक स्वास्थ्य सेवा लिनका लागि घुँइचो लाग्ने गरेकाले अस्पतालको क्षमता बढाइने बताएका हुन् ।  वीर अस्पतालमा आधुनिक जलन कक्षको स्थापना गरिने तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण सेवा विस्तार गरिने समेत जानकारी दिए ।

 

3 months ago, 16:34:04
१ अर्बको शान्ति कोष

१ अर्ब रुपैयाँ बराबरको शान्ति कोष स्थापना गरिनेछ । शान्ति प्रक्रिया र संक्रमणकालिन न्यायसम्बन्धी बाँकी काम सम्पन्न गरिनेछ । द्धन्द्धपिडित परिवारको क्षतिपूर्ति, आर्थिक सहायता र पुनस्थापनाका लागि यो रकम विनियोजन गरिएको अर्थमन्त्रीले बताए । घाइते, अपांगता भक्तालाई निरन्तरता दिइएको छ ।

 

3 months ago, 16:32:34
काठमाडौंको उत्तरपूर्व क्षेत्रमा नयाँ नगर

वैदेशिक रोजगारीबाट आर्जित रकमबाट आवास बनाउन चाहने परिवारलाई व्यवस्थित बस्ती विकास कार्यक्रममा आवद्ध गरिनेछ । स्थानीय तहसँग समन्वय गरी विप्रेषणको रकमबाट घर बनाउन चाहनेलाई कम्तीमा १० परिवारलाई एकल वा सामूहिक आवास बनाउन प्रोत्साहित गरिने ।

काठमाडौं उपत्यकाको गोदावरी तारकेश्वर नागार्जुन, चाँगुनारायण भक्तपुर नगरपालिकामा जग्गा विकास गरिने । काठमाडौंको उत्तरपूर्व क्षेत्रमा नयाँ नगर बनाउन बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?