+
+

सानेपामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १५:०६

१५ जेठ, काठमाडौं । ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

मन्थली–६ कै सन्जयकुमार घिसिङ भने घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

उनीहरु सवार बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल सानेपाको स्टार अस्पताल अगाडि आफैं अनियन्त्रित भएर मंगलबार बिहान साढे ५ बजे दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?