+
+

सरकारले आईटी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १५:५६

१५ जेठ, काठमाडौं । सरकारले सूचना प्रविधि सम्बन्धी कम्पनीलाई निःशुल्क कार्यालय उपलब्ध गराउने घोषणा गरेको छ ।

काठमाडौं र बुटवलमा सरकारी भवनलाई सूचना प्रविधि पार्क बनाउने र त्यहाँ आईटी कम्पनीहरूलाई तीन वर्षसम्म निःशुल्क वर्कस्टेसन बनाउने घोषणा बजेटमार्फत गरिएको हो ।

ती आईटी पार्कमा आईटी उद्योगका लागि सबै किसिमको पूर्वाधार उपलब्ध हुने पनि बजेटमा घोषणा गरिएको छ ।

ललितपुर खुमलटारमा ज्ञान पार्क स्थापना गरिने पनि घोषणा गरिएको छ ।

स्वदेशमा उत्पादित सफ्टवेयर सरकारी निकायले प्राथमिकतासाथ प्रयोग गर्ने घोषणा पनि अर्थमन्त्री पुनले गरे ।

देशका सबै वडा र सामुदायिक विद्यालयमा इन्टरनेटमा पहुँच पुर्‍याउने घोषणा पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?