
१५ जेठ, काठमाडौं । सरकारले आगामी सूचना प्रविधि अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई सूचना प्रविधि उद्योगमा इन्टर्नको व्यवस्था मिलाइने घोषणा गरेका हुन् ।
सरकारले स्वदेशमा उत्पादित सफ्टवेयरलाई प्राथमिकता दिई सार्वजनिक निकायले उपयोग गर्ने गरी व्यवस्था गरिने र सरकारी डाटा सेन्टरको स्तरोन्ति गर्ने भएको छ ।
निजी क्षेत्रबाट सञ्चालित डाटा सेन्टरको लागि भने मापदण्ड तयार गर्ने भएको छ । विद्युत्तीय डाटा भण्डारण र उपयोगलाई व्यवस्थित गरिने अर्थमन्त्री पुनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4