+
+

सुजन ढकालले ल्याए मेलिना राईसँगको सहकार्यमा ‘मालती र मंगले’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:२७

काठमाडौं । गायक सुजन ढकालले नयाँ गीत ‘मालती र मंगले’ ल्याएका छन् । डीपी खनालको शब्द र राजन तिमिल्सिनाको संगीत रहेको गीतमा गायनमा सुजनलाई मेलिना राईले साथ दिएका छन् । गीतको एरेन्जर विषम आचार्य हुन् ।

युवायुवतीको प्रेम सम्बन्धलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका छन् । भिडियोमा हरिश निरौला ‘कक्रोच’, दीपा शाही र सुरेन बसेलले अभिनय गरेका छन् । भिडियोमा अजय रेग्मीको छायांकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र माधव बेल्वासेको सम्पादन तथा कलर संयोजन रहेको छ ।

एक दर्जन बढी गीत गाइसकेका सुजन लोक-आधुनिक शैलीका गीतमा रुचि राख्छन् । यसअघि उनले तिमी नै तिमी, भुलेको छैन, जीवन जिउने होडबाजी लगायत गीत सार्वजनिक गरिसकेका छन् ।

‘सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकै छु । मालती र मंगले गीतबाट निकै अपेक्षा गरेको छु । मेरो सांगीतिक सपनामा यो एउटा सिंढी बन्नेछ भन्ने आशा छ,’ गायक सुजनले अनलाइनखबरसँग भने ।

गीत ‘ओएसआर’ डिजिटल युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?