+
+

‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:२९

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष कार्यक्रम लागू गर्ने घोषणा गरेका छन् ।

यसले विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने र नेतृत्व विकास गर्ने सरकारले विश्वास लिएको छ ।

त्यस्तैगरी विद्यालय शिक्षादेखि नै आफ्नो रुची अनुरुप पेशा छनोट गर्न करियर काउन्सीलिङ कार्यक्रम सञ्चालन गर्ने र यसबाट एक लाख विद्यार्थी लाभान्वित हुने सरकारले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?