+
+

दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:३५

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा दिवा खाजाका लागि ८ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले कर्णाली प्रदेशका हुम्ला जुम्ला, मुगु डोल्पा र कालिकोटमा दिँदै आएको दिवा खाजा रकम वृद्धि गरेको घोषणा गरेका छन् । दिवा खाजामा स्थानीय उत्पादन उपयोग गर्नुपर्नेछ ।

यस्तै अति विपन्न र सिमान्तकृत कक्षा ९ देखि १२ कक्षासम्म दिँदै आएको छात्रवृति कक्षा ६ देखि विस्तार गर्ने भएको छ ।

कक्षा १२ सम्म दिइने यसबाट थप ४५ हजार विद्यार्थी लाभान्वित हुने उनले बताए । विद्यालय तहमा दिइने सबै प्रकारका छात्रवृत्तिको लागि ६० करोड र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि ८७ करोड विनियोजन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?