+
+

वैदेशिक रोजगारीमा जाँदा नि:शुल्क अभिमुखीकरण तालिम

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:४५

१५ जेठ, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्ने भएको छ । अर्थमन्त्री वर्षमा पुनले मंगलबार संघीय संसद्‌मा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा जाँदा लाग्ने अभिमुखीकरण तालिमलाई नि:शुल्क गर्दै लैजाने बताएका हुन् ।

त्यस्तै उनले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकका लागि ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गर्ने बताएका छन् । जसमा कम्तीमा १ लाख जनालाई स्वरोजगार बनाइने उनले बताए । श्रमाधान सम्बन्धी गुनासो सुन्न श्रमाधान कार्यक्रम लागू गर्ने बताएका छन् ।

उनले आगामी वर्षमा थप तीन गन्तव्य मुलुकसँग श्रम सम्झौता गरिने अर्थमन्त्री पुनले बताए । त्यस्तै स्वदेशमै रोजगारी सिर्जना गर्न ‘रोजगारी बैंक’ स्थापना गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?