+
+

खुला कारागार सञ्चालनमा ल्याइने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १७:५४

१५ जेठ, कामठाडौं । सरकारले खुला कारागारलाई सञ्चालन ल्याउने बताएको छ । कागारमा कैदीको चाप अत्याधिक रहेको उल्लेख गर्दै चापलाई क मगर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८१/८१ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री पुनले खुला कारागारका साथै नुवाकोटको निर्माणाधीन कारागार समेत जतिसक्दो चाँडो सञ्चालन ल्याउने बताएका छन् । कारागारलाई सुधार गृहको रुपमा विकास गरिने घोषणा गरिएको छ ।

त्यसैगरी अध्यागमनलाई अत्याधुनिक बनाइने उल्लेख गरिएको छ । विपद् व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेर काम गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?