+
+

प्रहरीको अवकाश उमेर पुनरावलोकन गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १६:५५

 १५ जेठ, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरूको अनिवार्य अवकाश उमेर हद पुनरावलोकन हुने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले अवकाश उमेरलाई पुनरावलोकन गरिने बताएका हुन् ।

कार्यान्वयनमा रहेको नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षकहरू ५८ वर्ष उमेर हदले अनिवार्य अवकाशमा जाँदै आएका छन् ।

निजामती कर्मचारीमा भने अनिवार्य अवकाशमा उमेर ६० वर्ष छ । सशस्त्र र नेपाल प्रहरीले पनि ५८ वर्षे उमेर हदलाई परिमाजन गर्दै ६० पुर्‍याउनु पर्ने लविइङ गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?