+

खानामा प्रोटिनको मात्रा बढी वा कम हुँदा कस्तो समस्या हुनसक्छ ?

२०८१ जेठ  १६ गते ११:५३ २०८१ जेठ १६ गते ११:५३
खानामा प्रोटिनको मात्रा बढी वा कम हुँदा कस्तो समस्या हुनसक्छ ?

राम्रो स्वास्थ्यका लागि प्रशस्त प्रोटिनयुक्त आहारको सेवन गर्नुपर्छ भन्ने आम धारणा छ । तर कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यकता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरिक श्रम तथा उमेरअनुसार निर्धारण हुन्छ ।

एक सामान्य वयस्क व्यक्तिलाई दैनिक तौलको प्रतिकिलोग्राम ०.८ ग्रामदेखि १ ग्राम प्रोटिन चाहिन्छ । यसबाहेक दैनिक व्यायाम गर्ने व्यक्तिका लागि प्रतिकिलोग्राम तौलमा १ ग्रामदेखि १.५ ग्राम प्रोटिनको दैनिक मात्रा आवश्यक हुन्छ । साथै व्यक्तिको शारीरिक क्षमता र स्वास्थ्य अवस्थाअनुसार प्रोटिनको मात्रा फरक हुनसक्छ ।

प्रोटिनले शरीरको वृद्धि, विकास र सुरक्षामा विशेष भूमिका खेलेको हुन्छ । शरीरमा कोषिका र मांसपेशीहरूको उचित कार्य र विकासको लागि प्रोटिनको सही मात्रा आवश्यक हुन्छ । शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन भएन भने विभिन्न समस्या उत्पन्न हुनसक्छ । त्यस्तै शरीरमा प्रोटिनको मात्रा धेरै भयो भने त्यो पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।

शरीरमा प्रोटिनको मात्रा कमीले हुनसक्ने स्वास्थ्य समस्या

शरीरमा प्रोटिनको कमी भएमा शरीरको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जसकारण व्यक्ति बारम्बार बिरामी पर्नुका साथै व्यक्तिलाई जीउ दुख्ने समस्या देखा पर्छ ।

मधुमेह भएको व्यक्तिमा प्रोटिनको कमी भएमा सुगरको मात्रा नियन्त्रण गर्न गाह्रो हुन्छ । जसकारण मुड बदलिने, रिस उठ्ने, तनाव उत्पन्न हुने हुन्छ । तनावकै कारण शरीरले कमजोरी तथा थकान महसुस गर्न थाल्छ ।

शरीरमा प्रोटिनको कमी भयो भने मान्छे दुब्लाउँदै जाने हुन्छ । बच्चामा प्रोटिनको कमी भएर सुकेनास र फुकेनासको समस्या समेत देखिन्छ ।

शरीरमा प्रोटिनको कमी भएमा रगतमा सेतो रक्तकोषिकाका साथै हेमोग्लोबिन समेत कमी हुने गर्छ । रगतमा सेतो रक्तकोषिका तथा हेमोग्लोबिनको कमी भएमा रोगप्रतिरोधात्मक क्षमतामा कमी आउँछ ।

प्रोटिनको कमीले कपाल झर्ने, टुक्रिने तथा नङ भाँचिने जस्ता समस्या समेत निम्तिन्छ । शरीरमा प्रोटिनको निकै कमी भए जोर्नी दुख्ने समस्या पनि हुन्छ । जोर्नीमा पाइने तरल पदार्थको निर्माणमा समेत कमी आउन सक्छ । जसले गर्दा जोर्नी लचिलो नहुनुका साथै जोर्नी दुख्ने गर्छ ।

प्रोटिनको मात्रा बढ भयो भयो पनि समस्या निम्तिन्छ

लामो समयसम्म उच्च प्रोटिनयुक्त खाना खाँदा कलेजोसँग सम्बन्धित समस्याको जोखिम निकै बढ्छ । यसले मुख्यतया कलेजोको कार्यलाई असर गर्न सक्छ । उच्च प्रोटिनयुक्त आहारको उपभोग गर्नु भनेको कम फाइबर र कम कार्बोहाइड्रेटयुक्त आहार उपभोग गर्नु हो, जसले कब्जियत हुनसक्छ । साथै, यसले पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ ।

धेरै मात्रामा प्रोटिनको सेवनले मिर्गौलामा पनि नराम्रो असर गर्छ । केही अध्ययनअनुसार यदि धेरै प्रोटिनयुक्त आहार खानुहुन्छ भने यसले सम्भावित रूपमा मिर्गौलासम्बन्धी रोग र मिर्गौला फेल हुने खतरा बढाउँछ । शरीरमा थकान, सुत्न गाह्रो हुने, बारम्बार पिसाब लाग्ने, भोक नलाग्ने, मांसपेशीमा दुखाइ, खुट्टा र खुट्टा सुन्निने आदि मिर्गौलाको समस्याको लक्षण हो ।

उच्च प्रोटिनयुक्त खानेकुराको सेवनले शरीरको तौल घटाउन सक्छ । तर यदि धेरै मात्रामा प्रोटिन सेवन गरियो भने तौल घटाउनुको सट्टा शरीरको तौल द्रुत गतिमा बढ्न थाल्छ । त्यसैले प्रोटिनयुक्त खानेकुरा सीमित मात्रामा मात्र खाने प्रयास गर्नुपर्छ ।

केही अनुसन्धानअनुसार एक निश्चित उमेरपछि प्रोटिनको मात्रा बढी खाँदा यसले शरीरमा युरिक एसिड बढाउँछ । यसले गर्दा पिसाबबाट कम मात्रामा क्याल्सियम निस्कन्छ । यस्तो अवस्थामा शरीरमा क्याल्सियम बढी जम्मा हुन्छ, जसले गर्दा पत्थरी हुनसक्छ ।

आयुष अधिकारी खानपान प्रोटिन स्वास्थ्य समस्या
आयुष अधिकारी
लेखक
आयुष अधिकारी
पोषणविद्

अधिकारी हाल काठमाडौं हेल्दी च्वाइसमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

के छ सेतो दुभीको उपचार ?

के छ सेतो दुभीको उपचार ?

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

थुक किन आउँछ ?

थुक किन आउँछ ?

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ