१५ जेठ, काठमाँडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेट बढाएको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन् ।
विनियोजित बजेट यसअघिको भन्दा ६२ करोडले बढी हो ।
आर्थिक वर्ष २०८०/०८१ मा युवा तथा खेलकुद क्षेत्रको बजेट २ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ विनियोजन भएको थियो ।
यो बजेट आर्थिक वर्ष २०७६/७७ यताको धेरै हो ।
प्रतिक्रिया 4