+
+

संगीत, नाटक क्षेत्रको विकास र प्रतिलिपि अधिकारको संरक्षण गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १७:५८

काठमाडौं । सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, संगीत, नाटक लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने घोषणा गरेको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१–२०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।

प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने पनि उनले बताए । सनातन धर्म, संस्कृतिका अन्तर्राष्ट्रियस्तरका सभा र सम्मेलन आयोजना गर्न प्रोत्साहन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा राख्न पहल गर्नेदेखि, तनहुँको चुँदी रम्घामा सबै नेपालीभाषीका मुर्धन्य स्रष्टाको प्रतिमा र सप्ताधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने घोषणा बजेटमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?