+
+

संसदीय छानबिन समितिमा को–को भए सदस्य ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:०५

१५ जेठ, काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिका सदस्यहरूको नाम टुंगो लागेको छ ।

अहिले केहीबेरमा बस्ने संसद्को बैठकले समितिको घोषणा गर्नेछ । समितिमा रहने सदस्यहरू दलहरूले टुंगो लगाएका छन् ।

नेपाली कांग्रेसबाट बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, एमालेबाट सूर्यबहादुर थापा र सरिता भुषाल छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

स्रोतका अनुसार एमालेले सहकारी संस्था बचत रकम संसदीय छानबिन समितिको सभापतिमा थापालाई प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?