+
+

सलमानको ‘सिकन्दर’मा बाहुबलीका कटप्पा भिलेन बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:१३

काठमाडौं । ‘बाहुबली’ फेम्ड चर्चित दक्षिण भारतीय अभिनेता सत्यराजले सलमान खान स्टारर ‘सिकन्दर’मा अभिनय गर्ने भएका छन् । यो फिल्ममा उनी भिलेनको भूमिकामा जोडिएको जनाइएको छ ।

सत्यराजले ‘बाहुबली’ फ्रेन्चाइजमा कटप्पाको भूमिका निर्वाह गरेका थिए । अभिनेता आफैंले हालैको एक अन्तर्वार्तामा आफूलाई ‘सिकन्दर’ मा कास्ट गर्न लागिएको बताए । एआर मुरुगादासको निर्देशनमा बन्ने यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने पनि उनले जानकारी दिए ।

यस महिनाको सुरुमा निर्माताले फिल्मसँग सम्बन्धित अर्को महत्वपूर्ण घोषणा गरेका थिए । फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्दानालाई कास्ट गरिएको घोषणा उनीहरुले गरेका थिए ।

निर्माताले लेखेका थिए, ‘हामी रश्मिकालाई फिल्म सिकन्दरमा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुवैको अनस्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सकिंदैन ।’ यो फिल्ममा सलमान र रश्मिका पहिलो पटकसँगै काम गर्दैछन् ।

यो फिल्मलाई ‘गजनी’ र ‘होलिडे’जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् । फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।

निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे सादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकन्दर’भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?