
Photo Credit : RSS
१५ जेठ, काठमाडौं । सरकारले रासायनिक मल अनुदानको २ अर्ब बजेट कटौती गरेको छ ।
आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रासायानिक मलको अनुदानका लागि कृषि मन्त्रालय मार्फत २७ अर्ब ९५ करोड विनियोजन भएको हो ।
चालु आव रासायनिक मलका लागि ३० अर्ब बजेट विनियोजन भएको छ । पछिल्लो चार वर्षमा ११ अर्बदेखि ३० अर्बसम्म बजेट छुट्याउँदै आएको थियो । यो पटक अर्थमन्त्री वर्षमान पुनले रासायनिक मलको बजेट घटाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4