+
+

अर्थ मन्त्रालयलाई सबैभन्दा धेरै बजेट, अरूलाई कति ?

आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको सरकारले अर्थ मन्त्रालयलाई कुल विनियोजनको ११.९८ प्रतिशत अर्थात् २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:५८

१५ जेठ, काठमाडौं । सरकारले अर्थ मन्त्रालयका लागि आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ ।

आगामी आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबर बजेट ल्याएको सरकारले अर्थ मन्त्रालयलाई कुल विनियोजनको ११.९८ प्रतिशत विनियोजन गरेको छ ।

अर्थ मन्त्रालयका लागि २ खर्ब २२ अर्ब ८६ करोड रुपैयाँ विनियोजन गरिएको छ । दोस्रो स्थानमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ । उसका लागि कुल विनियोजनको १०.९५ प्रतिशत अर्थात् २ खर्ब ३ अर्ब विनियोजन गरिएको छ ।

त्यसैगरी गृह मन्त्रालयले कुल विनियोजनको १०.७१ प्रतिशत बजेट पाएको छ । बजेटमा उल्लेख भएअनुसार गृहले कुल १ खर्ब ९९ अर्ब २४ करोड पाएको छ ।

विकासे मन्त्रालयतर्फ भौतिक, पूर्वाधार तथा यातायातले सबैभन्दा धेरै ८.०९ प्रतिशत बजेट पाएको छ । उसले १ खर्ब ५० अर्ब ५३ करोड पाएको हो ।

सहरी विकास मन्त्रालयले ४.९८ प्रतिशत अर्थात् ९२ अर्ब ६३ करोड, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ४.७१ प्रतिशत अर्थात् ८७ अर्ब ५५ करोड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४.६४ प्रतिशत अर्थात् ८६ अर्ब २३ करोड पाएको छ ।

अर्थ मन्त्रालयबाट भुक्तानी हुने अन्य शीर्षकमध्ये आन्तरिक ऋण भुक्तानी, वाह्य ऋण भुक्तानी, कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधा, विविधमा समेत ठूलो रकम विनियोजन गरिएको छ ।

सबैभन्दा कम बजेट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले पाएको छ । यो मन्त्रालयको बजेट ५४ करोड ५३ लाख रुपैयाँमात्र रहेको छ । जुन कुल विनियोजन बजेटको ०.०३ प्रतिशत हुन आउँछ ।

बढी बजेट पाएका १० मन्त्रालय

  • अर्थ मन्त्रालय : २ खर्ब २२ अर्ब (११.९८)
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : २ खर्ब ३ अर्ब (१०.९५)
  • गृह : १ खर्ब ९९ अर्ब (१०.७१ )
  • भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय : १ खर्ब ५० अर्ब (८.०९)
  • सहरी विकास मन्त्रालय : ९२ अर्ब ६३ करोड (४.९८)
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय : ८७ अर्ब ५५ करोड (४.७१)
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ८६ अर्ब २३ करोड (४.६४)
  • रक्षा मन्त्रालय : ५९ अर्ब ८७ करोड (३.२२)
  • कृषि तथा पशुपंक्षी विकास मन्त्रालय : ५७ अर्ब २९ करोड (३.०८)
  • खानेपानी मन्त्रालय : २६ अर्ब ६३ करोड (१.४३)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?