+

नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

२०८१ जेठ  १५ गते २२:०९ २०८१ जेठ १५ गते २२:०९
नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने

१५ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल र युएईबीचको खेल साउदी अरेबियामा हुने भएको छ ।

समूह एचमा रहेको नेपाल र युएईबीचको खेल जुन ६ (जेठ २४ गते) नेपालको घरेलु मैदान दशरथ रंगशालमा हुने तय थियो । तर एएफसीले दशरथ रंगशालमा विश्वकप छनोटको खेल खेलाउन लायक नभएको भन्दै प्रश्न उठाएपछि नेपालमा हुनुपर्ने खेल अब साउदीमा सरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल र युएईबीचको खेल साउदीको दम्ममानस्थित प्रिन्स मोहम्मद फाहद स्टेडियममा हुने जनाएको छ । खेल नेपाली समय अनुसार राती पौने १० बजे हुनेछ ।

एएफसीले दशरथ रंगशालको पिचको कन्डिसन, फ्लड लाइटको अवस्थामा र सुरक्षाको विषयमा प्रश्न उठाएपछि नेपालले घरेलु मैदानमा खेल खेल्न नपाउने भएको हो ।

नेपालले होम म्याच घरेलु मैदानमा खेल्न नपाएको यो पहिलो पटक होइन । समूह एच अन्तर्गत नै चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने खेल रंगशालकै अवस्थामा कारण नेपालले बहराइनमा गएर खेलेको थियो ।

समूह बी मा नेपालले अहिलेसम्म खेलेको सबै चारवटै खेलमा हार बेहोरेको छ । युएईपछि नेपालले समूह्यको अन्तिम खेल यमन विरुद्ध खेल्नेछ ।

एन्फा नेपाल फुटबल विश्वकप छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय